बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कर्जा बिक्री गर्ने बैंक वित्तीय संस्थाको जोखिमभार घट्यो, २० प्रतिशत कायम गरे पुग्ने

शुक्रबार, साउन १८ २०८१
कर्जा बिक्री गर्ने बैंक वित्तीय संस्थाको जोखिमभार घट्यो, २० प्रतिशत कायम गरे पुग्ने

काठमाडौं- पुँजीकोषमा दबाब भएका बैंक वित्तीय संस्थाले कर्जा बिक्री गर्न चाहेमा यस्तो कर्जाको जोखिमभार २० प्रतिशतमात्रै कायम गरे पुग्ने भएको छ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दै कर्जा खरिद बिक्रीको जोखिमभार घटाउने घोषणा गरेको थियो। आज शुक्रबार सर्कुलर जारी गर्दै राष्ट्र बैंकले कर्जा बिक्रीको जोखिमभार १०० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको छ। 

बैंक वित्तीय संस्थाले कर्जा खरिद बिक्री गर्दा कथमकदाचित खरिदकर्ता संस्थाले कर्जा उठाउन नसकेमा सो कर्जा पुन आफैले खरिद गर्ने सर्तमा राष्ट्र बैंकले जोखिमभार घटाएको हो। 

बिक्रेताले यस्तो कर्जा पुनर्खरिद नगर्दासम्म संयोगिक दायित्वको रुपमा आफ्नो वित्तीय वितरणको सम्भावित दायित्व र लेखासम्बन्धी टिप्पणीको अनुसूची देखाउनुपर्ने र यस्तो संयोगिक दायित्वलाई पुँजीकोष गणना गर्ने प्रयोजनका लागि जोखिमभार २० प्रतिशत हुने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन १८ २०८११६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend