बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

संस्थागत सेयर धितो कर्जाको सीमा हटाइएअनुरुप जारी भयो सर्कुलर

शुक्रबार, साउन १८ २०८१
संस्थागत सेयर धितो कर्जाको सीमा हटाइएअनुरुप जारी भयो सर्कुलर

काठमाडौं- संस्थागत सेयर धितो कर्जाको सीमा हटाउनेगरी राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुरुप शुक्रबार सर्कुलर जारी गरेको छ।  

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिदिएको थियो। व्यक्तिगततर्फको १५ करोडको सीमा भने यथावत राखिएको थियो।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको व्यवस्थाअनुरुप सर्कुलर जारी गरेको हो। उक्त सीमा हटेसँगै संस्थागत लगानीकर्ताले ऋणको सीमा बढाउन पाउने छन्।

nrb 111.jpeg

उक्त व्यवस्थाले गर्दा सेयर बजारमा ठूलो ऋण परिचालन हुने अनुमान गरिएको छ। राष्ट्र बैंकको उक्त व्यवस्थासँगै पछिल्लो केही सातादेखि सेयर बजारमा सकारात्क प्रभाव पर्दै ठूलो अंकको वृद्धि भइसकेको छ। 


प्रकाशित : शुक्रबार, साउन १८ २०८११६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend