बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेप्सेमा कारोबारसँगै फाइनान्स र होटल समूह हालसम्मकै उच्च बिन्दुमा, कुन समूहको कति बढ्यो?

शुक्रबार, साउन १८ २०८१
नेप्सेमा कारोबारसँगै फाइनान्स र होटल समूह हालसम्मकै उच्च बिन्दुमा, कुन समूहको कति बढ्यो?

काठमाडाैं- सेयर बजार लगातार बढ्दो क्रममा रहेको छ। त्यस्तै कारोबार रकममा भइरहेको वृद्धि हेर्दा बजार कीर्तिमानी उचाइतर्फ बढिरहेको छ।

बुधबार बजारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएकोमा बिहीबार सामान्य करेक्सनबीच २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो। बिहीबार ५.२९ अंकले घटेर बजार २७५५.६२ बिन्दुमा झर्‍यो।

नेप्से परिसूचक २०७८ को भदौ २ गते ३१९९.०३ मा पुगेर हालसम्मकै सर्वाधिक उचाइको बिन्दु कायम गर्न सफल भएको थियो। उक्त दिन नेप्सेमा २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको थियो। 

२०७८ भदौ २ गतेको कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिलेको लगातारको वृद्धिले पार गर्ने संकेत देखाएको छ।

सेयर बजार लगातार बढेसँगै केही समूह उच्च बिन्दुमा पुगेको छ। फाइनान्स र होटल समूहको सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

बिहीबार कारोबार भएको आधारमा हेर्दा फाइनान्स समूहको सूचक ३५६८ अंकमा पुगेको छ। उक्त बिन्दु फाइनान्स समूहको हालसम्मकै उच्च हो। फाइनान्स समूह विगत ५२ हप्ताको अन्तरालमा १२५ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ।

होटल तथा पर्यटन समूहको सूचक ७२९२.३५ अंकमा पुगेको छ। पछिल्लो ५२ हप्ताको अन्तरालमा होटल समूह ७३ प्रतिशतले बढेको हो। 

बिहीबारसम्म हाइड्रो समूहले ३३०६.२४ बिन्दु छोएको छ। त्यस्तै फाइनान्स समूहले ३५६८.८४ बिन्दु टेकेको छ। त्यस्तै इन्भेष्टमेन्ट समूहले १०९.८७ बिन्दु, बैंकिङ समूह १५५५.९४ बिन्दुमा पुगेको छ।

1.JPG

लाइफ इन्स्योरेन्स समूह १३५०२.४७ बिन्दु, ननलाइफ इन्स्योरेन्स १३५०२.६८ बिन्दु छोएको छ। त्यस्तैगरी विकास बैंक ५४००.६१ बिन्दु, माइक्रोफाइनान्स ५३९६.८३ बिन्दु पुगेको छ।

अन्य कम्पनीहरुको २०७४.०७ बिन्दु पुग्दा म्युचुवल फन्डको २१.८७ बिन्दु, उत्पादनमूलक क्षेत्रको ७८७७.८८ बिन्दु तथा होटल क्षेत्रको ७२९२.३५ बिन्दुमा पुगेको छ भने ट्रेडिङ क्षेत्रको पनि ३६४५.८४ बिन्दुमा पुगेको छ। 

2.JPG

पछिल्लो ५२ हप्ताको अन्तरालमा नेप्से सूचक ५०.८९ प्रतिशतले बढेको छ। पछिल्लो ५२ हप्ताको अन्तरालमा सर्वाधिक फाइनान्स समूह बढेको छ। यस अवधिमा फाइनान्स समूह १२५ प्रतिशतले बढेको हो।

हाइड्रोपावर ७३.३६ प्रतिशत, लगानी ७२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ६८.३४ प्रतिशत, माइक्रोफाइनान्स ६६.७१ प्रतिशतले बढेको छ। व्यापार ४३ प्रतिशत, म्यचुअल फण्ड ४९ प्रतिशत, अन्य ५२ प्रतिशत, विकास बैक ५३ प्रतिशत र बैंकिङ ५३ प्रतिशतले बढी सकेको छ।

3.JPG

यो ५२ हप्ताको अन्तरालमा सबैभन्दा कम बढेको जीवन बीमा र निर्जीवन बीमा समूहको पनि राम्रो वृद्धि देखिएको छ। यस अवधिमा जीवन बीमा समूह ३९.७१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ४३.८४ प्रतिशतको बढेको छ।


प्रकाशित : शुक्रबार, साउन १८ २०८११२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend