बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट ग्लोबल रेमिटमार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

बिहीबार , साउन १७ २०८१
गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट ग्लोबल रेमिटमार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

यसै सम्झौताअनुसार कतारमा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आईएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहजरुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहजरुपमा रेमिट्यान्स पठाउनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार रोजगारीको सिलसिलामा कतारमा रहेका नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट ग्लोबल रेमिटमार्फत सहजरुपमा नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन्।

यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आईएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपालभरि रहेको आईएमई लिमिटेड र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिने छ।

साथै, यसै सम्झौताअनुसार कतारमा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आईएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहजरुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयलगायत करिब एक हजार एकसयभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको जनाएको छ।


प्रकाशित : बिहीबार , साउन १७ २०८११८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend