बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजदरमै कर्जा प्रदान गर्ने

बिहीबार , साउन १७ २०८१
महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजदरमै कर्जा प्रदान गर्ने

बैंकले देशभर रहेका एकसय ३ शाखा कार्यालयमार्फत करिब ७ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशत) मा नै कर्जा प्रदान गर्ने भएको छ।

महालक्ष्मी घर कर्जाअन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोड रूपैयाँसम्मको कर्जा प्रदान गर्नेछ।

साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि व्यावसायिक कर्जा प्रदान गर्ने बैंकले जनाएकोछ।

यस्तै विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्ने पनि बैंकले जनाएको छ। ग्राहकले यस अन्तर्गत ३ करोड रूपैयाँसम्मको कर्जा लिन सक्नेछ्न्।

विद्युतीय सवारीबाहेकको अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशतसम्म कर्जा बैंकले प्रदान गर्नेछ। 

बैंकले देशभर रहेका एकसय ३ शाखा कार्यालयमार्फत करिब ७ लाख ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : बिहीबार , साउन १७ २०८११७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend