बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एचआईडीसीएल र निफ्राको सेयर खरिदमा लगानीकर्ताकाे प्रतिस्पर्धा हुँदा सेयर मूल्यमा भारी वृद्धि

बिहीबार , साउन १७ २०८१
एचआईडीसीएल र निफ्राको सेयर खरिदमा लगानीकर्ताकाे प्रतिस्पर्धा हुँदा सेयर मूल्यमा भारी वृद्धि

काठमाडौं- सेयर बजारमा यो साताको अन्तिम कारोबारमा बिहीबार पनि व्यापक उतरचढाबीच सामान्य करेक्सन आएर बन्द भएको छ। जसमा १६४ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको सेयर मूल्य बढेको छ। 

बिहीबार ‘अन्डरभ्यालु’ भएर बसेका दुई कम्पनीको सेयर मूल्य वृद्धिमा भने प्रतिस्पर्धा नै देखियो। नेपाल पूर्वाधार बैंक लिमिटेड (निफ्रा) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को सेयर खरिदमा लगानीकर्ता झुम्मिएका छन्। जसका कारण दुवै कम्पनीको सेयर मूल्य उच्चरुपमा बढेको छ। 

hidcl 111.JPG

एचआईडीसीएलको १० प्रतिशत सेयर मूल्य बढेर सर्किट नै लागेको छ। जसको सेयर प्रतिकित्ता २३.४० रुपैयाँ बढेर २५७.४० रुपैयाँ पुगेको छ। 

बिहीबार एचआईडीसीएलको मात्रै १३ लाख ८२ हजार ६ सय २६ कित्ता सेयर किनबेच भएको छ। अहिले बढेको सेयर मूल्य पछिल्लो ५२ हप्ताको सबैभन्दा बढी हो। कम्पनीको पछिल्लो ८ दिनमै झन्डै १ सय रुपैयाँ सेयर मूल्य बढेको छ। कम्पनीको चुक्ता पुँजी २२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने बजार पुँजीकरण बढेर ५८ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। 

त्यस्तै नेपाल पूर्वाधार बैंक लिमिटेड (निफ्रा) को पनि सेयर मूल्य बिहीबार ७.४७ प्रतिशतले बढेको छ। बिहीबार मात्रै १९.५० रुपैयाँ बढेर कम्पनीको सेयर प्रतिकित्ता २८० रुपैयाँमा पुगेको छ।

nifra 1.JPG

बिहीबार निफ्राको १ लाख ४९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। निफ्राको मूल्य पनि पछिल्लो एकवर्षयताकै महंँगो हो।

निफ्राको सेयर मूल्य घटेर १८० रुपैयाँसम्म पुगेको थियो। कम्पनीको २१ अर्ब १६ करोड चुक्ता पुँजी छ भने बजार पुँजीकरण ६० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। 


प्रकाशित : बिहीबार , साउन १७ २०८११५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend