बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

जेठ र असारमा अर्थ मन्त्रालयले गर्‍यो अर्बौँ रकमान्तर

बिहीबार , साउन १७ २०८१
जेठ र असारमा अर्थ मन्त्रालयले गर्‍यो अर्बौँ रकमान्तर

काठमाडौं- गत आर्थिक वर्षको अन्त्यमा सरकारले व्यापकरुपमा रकमान्तर तथा स्रोतान्तर गरेर खर्च गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले एउटा बजेट शीर्षकबाट अर्को बजेट शीर्षकमा २० प्रतिशत रकमान्तर गरेर खर्च गर्न सक्ने व्यवस्था गरेको छ। 

उक्त व्यवस्थाअन्तर्गत रहेर अर्थ मन्त्रालयले एउटा आयोजनाको बजेट कटौती गरेर अर्को आयोजनामा बजेट दिएर खर्च गरेको छ। जेठमा अर्थ मन्त्रालयले अर्थ-विविधबाट खर्च गर्नुका साथै भौतिक पूर्वाधार मन्त्रालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय र ऊर्जा मन्त्रालयसहित ३ अर्ब २८ करोड रुपैयाँ बराबरको थप बजेट निकासा दिएको छ। 

पुँजीगत खर्चतर्फ जेठमा अर्थ मन्त्रालयले २ अर्ब ५९ करोड रुपैयाँ बराबरको रकमान्तर गरेको छ। 

असारमा आएर अर्थ मन्त्रालयले विभिन्न ११४ शीर्षकमा ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको थप निकासा दिएको छ।

यस्तै १ करोडमाथिको पुँजीगत बजेट खर्चतर्फ असारमा अर्थ मन्त्रालयले १५६ बजेट शीर्षकमा ११ अर्ब ३७ करोड रुपैयाँ रकमान्तर गरेको छ। 

पुँजीगत खर्चतर्फ सरकारले असारमा भौतिक पूर्वाधार मन्त्रालयको एक बजेट शीर्षकबाट अर्को बजेट शीर्षकमा सबैभन्दा धेरै रकमान्तर दिएको छ।


प्रकाशित : बिहीबार , साउन १७ २०८११५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend