बिहीबार , असोज १७ गते २०८१    
images
images

बढ्दो सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम सर्वाधिक दोस्रो

यी हुन् अहिलेसम्मका सर्वाधिक ६ कारोबार

images
बिहीबार , साउन १७ २०८१
images
images
बढ्दो सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम सर्वाधिक दोस्रो
images
images

काठमाडौं- बढ्दो क्रममा रहेको सेयर बजारमा कारोबार रकममा उल्लेख्य वृद्धि भइरहेको छ। कारोबार रकममा भइरहेको वृद्धि हेर्दा बजार कीर्तिमानी उचाइतर्फ बढिरहेको विश्लेषकहरू बताउँछन्।

images
images
images

बुधबार बजारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएकोमा बिहीबार सामान्य करेक्सनबीच २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।

बिहीबार ५.२९ अंकले घटेर बजार २७५५.६२ बिन्दुमा झरेको छ। बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको मूल्यमा भने परिवर्तन भएको छैन। 

images

बुधबार ६४.२६ अंकले बढेर बजार २७६०.९१ बिन्दुमा पुगेको थियो। जसमा १९१ कम्पनीको सेयर मूल्य बढ्दा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। त्यसअघिको सर्वाधिक कारोबार भने २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ कराेड ७६ लाख रुपैयाँको भएको थियो। 

images

नेप्से परिसूचक २०७८ को भदौ २ गते ३१९९.०३ मा पुगेर हालसम्मकै सर्वाधिक उचाइको बिन्दु कायम गर्न सफल भएको थियो। उक्त दिन नेप्सेमा २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको थियो।

लगानीकर्ताहरू विश्वस्त देखिँदा यो साता पहिलो कारोबारमा आइतबार दुईपटक सकारात्मक 'सर्किट ब्रेक' लागेर ११३.०७ अंकले बजार बढेको थियो। सोमबार भने २०.६३ अंकले घट्दै बजारमा करेक्सन देखिएको थियो। मंगलबार ३५.५५ अंकले बढेर बजार २६९६.६५ बिन्दुमा पुगेको थियो। 

समग्रमा तीन दिन बढेर दुई दिन करेक्सन देखिएको बजारमा यो साता १८६.९६ अंकको वृद्धि देखिएको छ। गएको साता बजारमा १४३.७७ अंकको वृद्धि देखिएको थियो। त्यसअघिको साता २१९.६९ अंकको वृद्धि देखिएको थियो। तीन सातामा बजारमा ५५०.३६ अंकको वृद्धि भएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। गएको शुक्रबार आएको मौद्रिक नीतिपछि संगठित लगानीकर्ताहरू थप उत्साहित देखिएका छन्। जसले आइतबारको बजारमा उछाल नै देखिएको थियो। त्यसयता पनि लगातार बजार बढिरहेको छ।

२०७८ भदौ २ गतेको कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिलेको लगातारको वृद्धिले पार गर्ने संगठित लगानीकर्ताहरूले बताइरहेका छन्। १८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर उचाइतर्फ लागेको छ। अहिलेको वृद्धिमा लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले अब नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्।

यी हुन् अहिलेसम्मका सर्वाधिक ६ कारोबार

२०८१ साउन १६ गते - २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ

२०८१ साउन १७ गते - २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ

२०७८ साउन ३१ गते - २१ अर्ब ६४ कराेड ७६ लाख रुपैयाँ

२०७८ भदौ २ गते - २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ

२०७८ भदौ ३ गते - २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ

२०८१ साउन १४ गते - १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ


प्रकाशित : बिहीबार , साउन १७ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend