शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण

बिहीबार , साउन १७ २०८१
'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण

अफरअन्तर्गतका विजेतालाई कम्पनीले नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हुन्डाई एक्सटर हस्तान्तरण गरेको हो।

काठमाडौं- हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ-तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

उक्त अफरका विजेता सुनसरीका ईन्द्रप्रसाद गुरागाईँ (कुपन नम्बर ५३) लाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्सटर, नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन्।

उक्त अफरअन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एकजना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो।

यस अफरको विजेता घोषणा हुन्डाई नेपालको फेसबुकबाट लक्की ड्रमार्फत २०८९ असार ३१ गते गरिएको थियो।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ।


प्रकाशित : बिहीबार , साउन १७ २०८११३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend