शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

प्रतितोला एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बिहीबार , साउन १७ २०८१
images
images
प्रतितोला एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार चारसय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले वृद्धि भएको छ।

images
images
images

मंगलबार स्थिर रहेर बुधबार प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार पनि उकालो लाग्दै प्रतितोला एक लाख ४९ हजार चारसय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images

महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार चारसय ५० रूपैयाँ कायम छ।

images
images
images

यो साता आइतबार तोलामा एक हजार रूपैयाँ र सोमबार चारसय रूपैयाँले बढेको थियो।

चाँदीको मूल्य बुधबारको तुलनामा बिहीबार प्रतितोला २० रूपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार ७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला एक हजार ८ सय रूपैयाँ तोकिएको छ।


प्रकाशित : बिहीबार , साउन १७ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend