शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार , साउन १७ २०८१
प्रतितोला एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार चारसय ५० रूपैयाँ कायम छ।

काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले वृद्धि भएको छ।

मंगलबार स्थिर रहेर बुधबार प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार पनि उकालो लाग्दै प्रतितोला एक लाख ४९ हजार चारसय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार चारसय ५० रूपैयाँ कायम छ।

यो साता आइतबार तोलामा एक हजार रूपैयाँ र सोमबार चारसय रूपैयाँले बढेको थियो।

चाँदीको मूल्य बुधबारको तुलनामा बिहीबार प्रतितोला २० रूपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार ७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला एक हजार ८ सय रूपैयाँ तोकिएको छ।


प्रकाशित : बिहीबार , साउन १७ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend