शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सीजी मोटर्सले नेपालमै सीएटील ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १६ २०८१
सीजी मोटर्सले नेपालमै सीएटील ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने

ब्याट्री सर्भिस सेन्टर २०२४ सेप्टेम्बरबाट सुरु हुने कम्पनीले जनाएको छ।

काठमाडौं- चौधरी ग्रुप अन्तर्गतको सीजी मोर्टसले नेपालमा संसारकै ठूलो ईभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ। 

नेपालमा बढ्दो ईभी गाडीहरू तथा ग्राहकहरूमाझ  ब्याट्रीलाई लिएर देखिएको दुबिधालाई अन्त्य गर्न सीजी मोर्टसले  ब्याट्रीको सुविधा सम्पन्न सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको हो। 

सेवाग्राहीमैत्री ब्रान्डले सबैको मन जित्न सफल सीजी मोटर्सको यो कदमले ग्राहकलाई थप विश्वास दिलाउने अपेक्षा गरिएको छ। ब्याट्री सर्भिस सेन्टर २०२४ सेप्टेम्बरबाट सुरु हुने कम्पनीले जनाएको छ। 

ब्याट्री सर्भिस सेन्टर तथा ल्याबको लागि छुटै सर्भिस हबबाट सेवा उपलब्ध गराउने लक्ष्य लिएको सीजीले उच्च दक्ष र सीएटीएलको प्राविधिक ट्रैनिङ लिएर सेवा उपलब्ध गराउने जनाएको छ। ब्याट्री सर्भिसमा उत्कृष्ट ठहरिएका प्राविधिकहरूले सो सर्भिस सेन्टरबाट सेवा दिने कम्पनीले जनाएको छ।

तथ्यांकअनुसार विश्व बजारमा ३७ प्रतिशत बजार ओगटेको सीएटील ब्याट्रीको नेपालमा बजार हिस्सा दुई तिहाई रहेको छ। सीजी मोटर्सले स्थापना गर्न लागेको सर्भिस सेन्टरमा आफ्नो ब्रान्ड प्रयोग गर्ने ग्राहकहरु बाहेक नेपालमा सिएटिएलको ब्याट्री जडित अन्यअरू थुप्रै ब्रान्डको ग्राहकले पनि सेवा लिन सक्ने जनाएको छ। 

छोटो समयमै सर्भिस प्रधान गरिने तथा सुलभ मूल्यमा सबै ब्रान्डका ग्राहकहरुले सेवा लिन सक्ने हुनाले सीएटीएल ब्याट्री नेपालमा अझै लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ। 


प्रकाशित : बुधबार, साउन १६ २०८११९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend