शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पोखरामा दीपलको नयाँ शोरुम

बुधबार, साउन १६ २०८१
पोखरामा दीपलको नयाँ शोरुम

नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाइजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रालिलाई नियुक्त गरेको हो।

काठमाडौं- पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतीय कार दीपलको नयाँ शोरुम पोखरामा खुलेको छ। 

नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाइजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रालिलाई नियुक्त गरेको हो। 

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा गइ दिपल गाडी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ। टेस्ट ड्राइभको लागि एक साता भित्र गाडी पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ।

दीपलको एस ०७ र एल ०७ लगायत अन्य मोडेलहरु उपलब्ध हुने बताइएको छ। गाडी बुकिङ गर्ने ग्राहकहरुलाई एक साता भित्रै दीपल एस ०७ विद्युतीय कार उपलब्ध गराइने कम्पनीले जनाएको छ। दीपलको एस ०७ ई एसयूभी इन्टेलिजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ। 

नेपालमा यो कारको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सिंगल चार्जमा ४ सय १० देखि ४ सय ८५ किमिसम्म रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। एल ०७ को मूल्य भने ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

हिमालय अर्गनाइजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सका गाडीको लागि नेपालको आधिकारिक बिक्रेता हो। विगत ३ दशकभन्दा बढी समय देखि यस अर्गनाइजेशन अटोमोबाइल ब्यवसायमा सक्रिय रहँदै आएको छ। यो समूहका अध्यक्ष नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा हुन्।


प्रकाशित : बुधबार, साउन १६ २०८११८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend