बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

नेप्सेमा कारोबार रकममा बन्यो कीर्तिमान, २१ अर्ब ९१ करोडको कारोबार

images
बुधबार, साउन १६ २०८१
images
नेप्सेमा कारोबार रकममा बन्यो कीर्तिमान, २१ अर्ब ९१ करोडको कारोबार
images
images

काठमाडौं- सेयर बजार लगातार वृद्धितर्फ लाग्दै कारोबार रकममा कीर्तिमान बनेको छ। कारोबार रकममा भइरहेको उल्लेख्य वृद्धि हेर्दा बजार कीर्तिमानी उचाइतर्फ बढिरहेको विश्लेषकहरू बताउँछन्। 

images
images
images

बुधबार ६४.२६ अंकले बढेर २७६०.९१ बिन्दुमा पुगेको छ। जसमा १९१ कम्पनीको सेयर मूल्य बढ्दा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ। जुन अहिलेसम्म नै एकदिनमा भएको सर्वाधिक कारोबार रकम हो। बुधबार ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनबेच भएको छ। बुधबार ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

नेप्से परिसूचक २०७८ को भदौ २ गते ३१९९.०३ मा पुगेर हालसम्मकै सर्वाधिक उचाइको बिन्दु कायम गर्न सफल भएको थियो। उक्त दिन नेप्सेमा २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको थियो। यसअघिको सर्वाधिक कारोबार भने २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ कराेड ७६ लाख रुपैयाँको भएको थियो। 

images
images

लगानीकर्ताहरू विश्वस्त देखिँदा यो साता पहिलो कारोबारमा आइतबार दुईपटक सकारात्मक 'सर्किट ब्रेक' लागेर ११३.०७ अंकले बजार बढेको थियो। सोमबार भने २०.६३ अंकले घट्दै बजारमा करेक्सन देखिएको थियो। मंगलबार ३५.५५ अंकले बढेर बजार २६९६.६५ बिन्दुमा पुगेको थियो।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। गएको शुक्रबार आएको मौद्रिक नीतिपछि संगठित लगानीकर्ताहरू थप उत्साहित देखिएका छन्। जसले आइतबारको बजारमा उछाल नै देखिएको थियो। त्यसयता पनि लगातार बजार बढिरहेको छ।

२०७८ भदौ २ गतेको कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिलेको लगातारको वृद्धिले पार गर्ने संगठित लगानीकर्ताहरूले बताइरहेका छन्। १८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर उचाइतर्फ लागेको छ। अहिलेको वृद्धिमा लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले अब नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, साउन १६ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend