शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य पुन: उकालो, एकैदिन प्रतितोला एक हजार ८ सय रूपैयाँले बढ्यो

बुधबार, साउन १६ २०८१
सुनको मूल्य पुन: उकालो, एकैदिन प्रतितोला एक हजार ८ सय रूपैयाँले बढ्यो

मंगलबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य पनि बुधबार प्रतितोला ४० रूपैयाँले बढेको छ।

काठमाडौं- एकदिनको गिरावटपछि नेपाली बजारमा सुनचाँदीको मूल्य पुन: उकालो लागेको छ।

यो साता आइतबार तोलामा एक हजार रूपैयाँ र सोमबार चारसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एकसय रूपैयाँले घटेको थियो। बुधबार पुन: सुनको मूल्य प्रतितोला एक हजार ८ सय रूपैयाँले वृद्धि भएको छ।

बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ८ सय रूपैयाँ तोकिएको छ।

मंगलबार सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य पनि बुधबार प्रतितोला ४० रूपैयाँले बढेको छ।

बुधबार चाँदी प्रतितोला एक हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार चाँदी प्रतितोला एक हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, साउन १६ २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend