बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

र्‍याडिसन होटल काठमाडौंमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई २० प्रतिशतसम्म छुट

मंगलबार, साउन १५ २०८१
र्‍याडिसन होटल काठमाडौंमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई २० प्रतिशतसम्म छुट

बैंकले नेपालभर रहेका आफ्ना ३ सय १३ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

काठमाडौं- प्रभु बैंकका कर्मचारी तथा ग्राहकले लाजिम्पाटस्थित र्‍याडिसन होटल काठमाडौंमा विशेष छुट पाउने भएका छन्। 

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रविन्द्र ढकाल र मार्केटिङ म्यानेजर सविन राणा तथा र्‍याडिसनका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुंगानाले हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसनले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन्।

बैंकले नेपालभर रहेका आफ्ना ३ सय १३ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ।

 


प्रकाशित : मंगलबार, साउन १५ २०८११६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend