बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

बागलुङमा एकैदिन प्रभु बैंकका चार शाखा विस्तार

मंगलबार, साउन १५ २०८१
बागलुङमा एकैदिन प्रभु बैंकका चार शाखा विस्तार

बैंकले नेपालभर रहेका आफ्ना ३ सय १३ शाखा कार्यालयमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडले बागलुङमा एकैदिन चारवटा शाखा विस्तार गरेको छ।

ढोरपाटनको बाेवाङ, निसीखोलाको निसी, बडिगाड गाउँपालिकाको खरबाङ र बडिगाडकै भिमगिठेमा बैंकले चार शाखा विस्तार गरेको हो। शाखाहरुको उद्घाटन बैंकका संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनले गरेका हुन्।

नयाँ शाखाबाट यहाँका स्थानीय बासिन्दा तथा सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले आधुिनक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।

बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा विस्तार गरेको जनाएको छ। बैंकको यस अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभइ समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकको दाबी छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय १३ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : मंगलबार, साउन १५ २०८१११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend