शनिबार, मंसिर ८ गते २०८१    
images
images

चितवन राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटक आगमन, एक वर्षमा तीन लाखले गरे भ्रमण

images
मंगलबार, साउन १५ २०८१
images
images
चितवन राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटक आगमन, एक वर्षमा तीन लाखले गरे भ्रमण

भ्रमण वर्षका अवसरमा दियालो बंगला पनि सर्वसाधारणका लागि खुला गरिएको छ। यो पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ।

images
images

चितवन- अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ।

images
images
images

आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए। अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो।

images

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१  थियो। गत आवमा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्यटक आएका थिए। आव २०७९/८० मा यो सङ्ख्या २३ हजार २५७ थियो।

images

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले चितवन भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेका बताए। उनले बाह्य मुलुकबाट धार्मिक पर्यटक आउनेगरी धार्मिक कार्यक्रम, देवघाटधाम महोत्सव, जङ्गल सफारी मार्ट, म्याराथन आयोजना गरिने जानकारी दिए।

भ्रमण वर्षका अवसरमा देवनगरमा सर्वसाधारणका लागि हेर्न मिल्ने गरी उद्धार गरिएका पाटेबाघ राखिएका छन्। दियालो बंगला पनि सर्वसाधारणका लागि खुला गरिएको छ। यो पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ। रासस


प्रकाशित : मंगलबार, साउन १५ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend