शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मंगलबार, साउन १५ २०८१
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मंगलबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- यो साता आइतबार र सोमबार बढेको सुनको मूल्य मंगलबार सामान्य घटेको छ।

मंगलबार प्रतितोला एकसय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार रूपैयाँ कायम छ।

सुनको मूल्य आइतबार प्रतितोला एक हजार रूपैयाँ र सोमबार प्रतितोला चारसय रूपैयाँले बढेको थियो। सोमबार सुन प्रतितोला एक लाख ४६ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार र सोमबार प्रतितोला १०-१० रूपैयाँले बढेको चाँदीको मूल्य मंगलबार प्रतितोला १० रूपैयाँले घटेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ५० रूपैयाँ कायम थियो।


प्रकाशित : मंगलबार, साउन १५ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend