बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेललाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १४ २०८१
बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेललाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी

काठमाडौं- गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएका छन्। 

व्यवस्थापन विषयमा स्तानकोत्तर र अर्थशास्त्रमा एमफिल गरिरहेका पौडेललाई गभर्नर अधिकारीले प्रवक्ताको जिम्मेवारी थपेका हुन्। सोमबारबाट लागु हुने गरी उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। 

देवकुमार ढकाललाई वित्तीय व्यवस्थापन विभागमा सरुवा गर्दै पौडेललाई बैंक सुपरिवेक्षण विभागमा गभर्नर अधिकारीले ल्याएका थिए।

वित्तीय व्यवस्थापनमा केही समय काम गरेका पौडेलले लामो समय विदेशी विनियम व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रुपमा काम गरेका थिए। 


प्रकाशित : सोमबार, साउन १४ २०८१११:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend