शुक्रबार, असोज १८ गते २०८१    
images
images

तेह्रथुम र धनकुटामा प्रभु बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा

images
सोमबार, साउन १४ २०८१
images
images
तेह्रथुम र धनकुटामा प्रभु बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा

तेह्रथुमको म्याङलुङ र धनकुटाको हुलाक टोलमा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो। योसँगै प्रभु बैंकको शाखा संख्या ३ सय ९ पुगेको छ।

images
images

काठमाडौं- प्रभु बैंक लिमिटेडले थप दुई शाखा सञ्जाल विस्तार गरेको छ। तेह्रथुमको म्याङलुङ र धनकुटाको हुलाक टोलमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो। योसँगै प्रभु बैंकको शाखा संख्या ३ सय ९ पुगेको छ।

images
images
images

म्याङलुङ र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।

प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको छ। यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धिमात्र नभइ समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ।

images

प्रभु बैंकले नेपालभर ३ सय ९ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

images


प्रकाशित : सोमबार, साउन १४ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend