शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

सोमबार, साउन १४ २०८१
तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

आइतबार तोलामा एक हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला चारसय रूपैयाँले बढेको हो।

काठमाडौं- सुनको मूल्य साताको दोस्रो दिन पनि उकालो लागेको छ। आइतबार तोलामा एक हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला चारसय रूपैयाँले बढेको हो।

आइतबार प्रतितोला एक लाख ४५ हजार सातसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला एक लाख ४६ हजार एकसय रूपैयाँ पुगेको छ। आज तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तोलामा १० रूपैयाँले बढेको चाँदी सोमबार पनि प्रतितोला १० रूपैयाँले महँगिएको छ। 

चाँदी आज प्रतितोला एक हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार नेपाली बजारमा चाँदी प्रतितोला एक हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, साउन १४ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend