शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान : कालिमाटीमा दुई पकेट फरेस्ट निर्माणका लागि गरियो ५५० वृक्षरोपण

सोमबार, साउन १४ २०८१
बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान : कालिमाटीमा दुई पकेट फरेस्ट निर्माणका लागि गरियो ५५० वृक्षरोपण

कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ। यसबाट ५ वर्ष पछि २९५ टन अक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुनेछ।

काठमाडौं- बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षरोपण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं १३ सँगको सहकार्यमा सो वृक्षरोपण अभियान सफलतापूर्वक सम्पन्न गरेको हो। 

सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरुले समेत उत्साहजनक रुपमा सहभागिता जनाएका थिए। जसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको छ। अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई यसले संकेत गरेको छ। 

नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्षसम्म सावधानीपूर्वक हेरचाह र सम्भार गरिने छ। प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धतालाई यसले जोड दिएको छ। 

कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ। यसबाट ५ वर्ष पछि २९५ टन अक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुनेछ। त्यसैगरी १० वर्षपछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ भने २० वर्षपछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुनेछ। 

‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियान अन्तर्गत कालिमाटीमा सफलतापूर्वक ५५० वृक्षरोपण गरेकोमा हामी उत्साहित भएका छौँ’, साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले भने, ‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो। यो प्रोजेक्टलाई वास्तविकतामा परिणत गर्नका लागि गर्नुभएको अमूल्य सहयोगप्रति द हिडन ट्रेजर, मिस नेपाल २०२४ का प्रतियोगी, द रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगर वडा नं। १३ लाई हामी कृतज्ञता व्यक्त गर्दछौँ।’

‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ। यसबाट साइमेक्सले वातावरणीय ह्रासको हानिकारक नतिजाहरुको लामो समयदेखि सामना गरिरहेको काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभावलाई कम गर्न खोजेको छ। 

‘हामीले वृक्षरोपण गरेका दुई पकेट फरेस्ट समुदायका लागि शीतलताको स्रोत तथा सयौं चरा र हजारौँ किरा फट्याङग्राहरुको बासस्थान हुनेछ। बीवाईडी र द हिडन ट्रेजरको टिमसँग मिलेर यो प्रभाव सिर्जना गर्न पाएकोमा हामी धेरै आभारी छौँ’, द रिभोलुसन प्रोजेक्टका को-फाउन्डर आयुष देव पन्तले भने।  

वृक्षरोपणमार्फत समग्र र प्रभावकारी वन जंगल निर्माण सुनिश्चित गर्दै द रिभोलुसन प्रोजेक्टले दिगो मियावाकी प्रविधिको प्रयोग गरेको छ। घना र विविध वृक्षरोपणको विशेषता सहितको यो दृष्टिकोण द रिभोलुसन प्रोजेक्टको हो र यसले कालिमाटीमा अवस्थित दुई बीवाईडी पकेट फरेस्टमा एक सम्पन्न इकोसिस्टम विकासमा भूमिका खेल्ने छ। 

अभिनव र प्रभावकारी पहलद्वारा दिगो भविष्य निर्माणका लागि साइमेक्स सदैव प्रतिबद्ध रहने छ। ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान यही लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण पाइला हो, जसले हाम्रो वातावरणलाई संरक्षण र पुनस्र्थापना गर्नका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्नेछ।


प्रकाशित : सोमबार, साउन १४ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend