बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजारमा देखियो मौद्रिक नीतिको सकारात्मक प्रभाव, ११३ अंकको वृद्धि, १५ अर्ब ८१ करोडको कारोबार

आइतबार, साउन १३ २०८१
सेयर बजारमा देखियो मौद्रिक नीतिको सकारात्मक प्रभाव, ११३ अंकको वृद्धि, १५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं- लगानीकर्ताहरू विश्वस्त देखिँदा आइतबार दुईपटक सकारात्मक 'सर्किट ब्रेक' लागेको सेयर बजार ११३ अंकले बढेको छ। 

आइतबार कारोबार सुरु भएको १ मिनेट ३१ सेकेण्डमा नै पहिलो सकारात्मक सर्किट ब्रेक लागेको थियो। त्यसपछि २० मिनेट रोकिएर खुलेको बजारमा लगत्तै दोस्रो सर्किट ब्रेकसमेत लागेको थियो। त्यसपछि ४० मिनेटपछि खुलेको बजार उतारचढावमा अघि बढ्दै उचाइतर्फ नै देखियो।

आइतबार ११३.०७ अंकले बढेर बजार २६८१.५६ बिन्दुमा पुगेको छ। १४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ। ८७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

आइतबार पहिलो सर्किट ब्रेक लाग्दा बजार १०२.६८ अंकले बढेर २६७०.८२ बिन्दुमा पुगेको थियो भने दोस्रो सर्किट ब्रेक लाग्दा १२९.०७ अंकले बढेर २६९७.२१ बिन्दुमा पुगेको थियो।

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा बजार लगातार वृद्धितर्फ नै देखिएको छ। गएको शुक्रबार आएको मौद्रिक नीतिपछि त अझ संगठित लगानीकर्ताहरू थप उत्साहित देखिएका छन्। जसले आइतबारको बजारमा उछाल नै देखियो।  

मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिदिएको छ। व्यक्तिगततर्फको १५ करोडको सीमा भने यथावत नै छ।

नीतिगत रुपमा समेत केही साथ मिलेकाले बजारले पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने लक्षण देखाएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, साउन १३ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend