मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

images
आइतबार, साउन १३ २०८१
images
images
दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २ सय ६८ शाखा र ३ सय १६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

images
images

काठमाडौं- मुलुकको अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ। दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको बैंकले जनाएको छ।

images
images

बैंकका अनुसार स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरिएको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाएको छ। 

images
images

वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता गरे।

images
images
images

'नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरु दिगो बैंकिङमार्फत् यसको सुरुवात गरिसकेका छौँ, आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौँ', उनले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको बताए। 'बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अगाडि बढाइसकेको छ, आज देशव्यापीरुपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन यस थप सहयोग हुनेमा हामी विश्वस्त छौँ', उनले भने। 

वाकाथनका अवसरमा बैंकका अध्यक्ष पौड्याल, सञ्चालक अनन्त पौड्याल, सीईओ ढुंगाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायब प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भुपेन्द्र पाण्डे, विभिन्न विभागका प्रमुखलगायत काठमाडौं उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब ११ सय कर्मचारीको उपस्थिति थियो।

शनिबार बिहान ७:३५ बजे दरबारमार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालयमा पुगेर टुंगिएको थियो।

बैंकका अनुसार नारायणगढ, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ आज बिहान वाकाथन आयोजना गरिएको थियो।    

नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २ सय ६८ शाखा र ३ सय १६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ। बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ।


प्रकाशित : आइतबार, साउन १३ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend