शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, साउन १३ २०८१
प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रूपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार सातसय रूपैयाँ पुगेको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रूपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार सातसय रूपैयाँ पुगेको छ। तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य गएको शुक्रबारको तुलनामा आइतबार प्रतितोला १० रूपैयाँले बढेको छ।

चाँदी आज प्रतितोला एक हजार ७ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, साउन १३ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend