बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

रुग्ण उद्योगलाई नियमित कर्जा भुक्तानी सुविधा

शुक्रबार, साउन ११ २०८१
रुग्ण उद्योगलाई नियमित कर्जा भुक्तानी सुविधा

काठमाडौं- राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिमा परिस्थितिजन्य कारणले उद्योग व्यवसाय बन्द रहेतापनि कर्जाको साँवाब्याज भुक्तानी नियमित गर्ने उद्योग व्यवसायलाई कर्जा वर्गीकरण र जोखिम व्यवस्थाको लागि आवश्यक सहजीकरण गरिने विषय उल्लेख गरेको छ। 

गत आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीसँगै उद्योगी व्यवसायीले कोभिड १९ र अर्थतन्त्रमा आएको शिथिलताका कारण उत्पादन बन्द गरी सञ्चालनमा नरहेका उद्योगका उद्योगीहरूले राष्ट्र बैंकसमक्ष कर्जा नियमित भुक्तानीको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। 

व्यवसायी सुझावलाई मध्यनजर राख्दै राष्ट्र बैंकले चालु आव २०८१/०८२ को मौद्रिक नीति उक्त व्यवस्था सम्बोधन गरेको छ। 

अर्थतन्त्रमा आएको समस्याले उद्योग बन्द गर्नुपर्ने अवस्था आए पनि पूरै साँवाब्याज एकैपटक नतिरी नियमितरुपमा कर्जा भुक्तानी गर्ने आधार बनाइदिन उनीहरूले राष्ट्र बैंकसमक्ष आग्रह गरेका थिए।

बैंकहरूको खराब कर्जा नोक्सानी प्रावधान संशोधनको पक्षमा उद्योगी, रुग्ण उद्योगलाई नियमित कर्जा भुक्तानी सुविधा दिन माग बैंकहरूको खराब कर्जा नोक्सानी प्रावधान संशोधनको पक्षमा उद्योगी, रुग्ण उद्योगलाई नियमित कर्जा भुक्तानी सुविधा दिन माग

 


प्रकाशित : शुक्रबार, साउन ११ २०८११४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend