बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

बैंकिङ क्षेत्रमा ‘एआई’ स्वतस्फूर्त प्रयोग, नियमनका लागि मार्गदर्शन बनाउँदै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ११ २०८१
बैंकिङ क्षेत्रमा ‘एआई’ स्वतस्फूर्त प्रयोग, नियमनका लागि मार्गदर्शन बनाउँदै राष्ट्र बैंक

सहज सेवा तथा सञ्चालन लागत न्यूनीकरणका लागि भन्दै संस्थाहरूले पछिल्लो समय विकसित प्रविधि पनि भित्र्याउँदै आएका छन्।

काठमाडौं- नेपालको घरेलु बैंकिङमा पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ। राष्ट्र बैंककै सामान्य गाइडलाइनमा रहेर बैंक तथा वित्तीय संस्थाले प्रविधिको प्रयोग र त्यसमाथिको लगानी बढाउँदै गएका छन्। 

सहज सेवा तथा सञ्चालन लागत न्यूनीकरणका लागि भन्दै संस्थाहरूले पछिल्लो समय विकसित प्रविधि पनि भित्र्याउँदै आएका छन्। 

च्याटजीपीटी सार्वजनिक भएपछि व्यापक हुँदै गएको एआईको प्रयोग अहिले अरु संस्थानहरू जस्तै बैंकिङमा पनि भित्रिएको छ। सामान्य नियन्त्रित प्रविधिको तुलनामा अझ उन्नत मानिने यो प्रविधि नेपालका बैंकहरूले अंगाल्न थालेका छन्।

उन्नत प्रविधिको प्रयोगसँगै जोखिम पनि बढेर गएको राष्ट्र बैंकले ठहर गरेको छ। विगतको सामान्य प्रविधिलाई आधार मानेर बनेको गाइडलाइनकै भरमा अबको प्रविधिको नियमन सम्बभ नहुने भन्दै नयाँ मार्गदर्शन बनाउने राष्ट्र बैंकले घोषणा गरेको छ। 

चालु वर्षको मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले एआईको बढ्दो प्रयोग र त्यसले निम्त्याएको जोखिमको अध्ययन तथा विश्लेषण गर्दै नयाँ मार्गदर्शन तर्जुमा गर्ने मौद्रिक नीतिमा उल्लेख छ। 


प्रकाशित : शुक्रबार, साउन ११ २०८११३:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend