बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

बैंकहरूको पुँजीकोषमा राहत दिन असल कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंक केही लचक

शुक्रबार, साउन ११ २०८१
बैंकहरूको पुँजीकोषमा राहत दिन असल कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंक केही लचक

काठमाडौं- बैंकहरूको बढ्दो पुँजीकोष दबाब कम गर्न भन्दै असल कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंक केही लचक भएको छ। 

हाल कायम रहेको असल कर्जामा कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट ०.१ प्रतिशत बिन्दुले घटाएर १.१० रुपैयाँ प्रतिशत कायम गरेको छ। 

गत असोज १८ मा राष्ट्र बैंकले असल कर्जा नोक्सानी व्यवस्था १.३० प्रतिशतबाट घटाएर १.२५ प्रतिशत कायम गरेको थियो। 

यस्तै गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत थप ०.०५ प्रतिशतले असल कर्जा प्रोभिजनिङ घटाउँदै १.२० प्रतिशत कायम गरेको थियो। 

राष्ट्र बैंकको यस नयाँ व्यवस्थाले बैंकहरूको प्रोभिजनिङ घटाउन सहयोग गर्ने र यसले बैंकहरूको नाफामा समान्य बढाउने देखिन्छ।

बैंकहरूको नाफा वृद्धि भएमा पछिल्लो समय बैंकहरूको वितरणयोग्य घाटा कम गर्न सहयोग गर्ने देखिन्छ। जसले पुँजीकोष दबाबमा समान्य राहत पुर्‍याउने लक्ष्य राष्ट्र बैंकले लिएको छ।


प्रकाशित : शुक्रबार, साउन ११ २०८११३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend