बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लगानी गरेको संस्थाले ऋण नतिरे पनि 'पीईभीसी' कालोसूचीमा नपर्ने

शुक्रबार, साउन ११ २०८१
लगानी गरेको संस्थाले ऋण नतिरे पनि 'पीईभीसी' कालोसूचीमा नपर्ने

यही जोखिमका कारणले नेपालमा पीईभीसीलाई लगानी गर्न कठिन भएको थियो।

काठमाडौं- लगानी गरेको फर्मले ऋण तिर्न नसकी कालोसूचीमा पर्ने अवस्थामा आएमा त्यसमा लगानी गरेका प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटललाई भने कालोसूचीमा नराखिने भएको छ। 

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु वर्षको मौद्रिक नीतिबाट यस्तो व्यवस्था गरेको थियो। 

यसअघि कालोसूचीमा पर्दा लगानीकर्ता पनि पर्ने व्यवस्था थियो। यसबाट लगानी गर्ने लगनी तथा कोष व्यवस्थापक पनि कालोसूचीमा पर्नसक्ने जोखिम थियो। 

यही जोखिमका कारणले नेपालमा पीईभीसीलाई लगानी गर्न कठिन भएको थियो।

राष्ट्र बैंकबाट जारी  भएको नीतिमा भनिएको छ, ' प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई
कालोसूचीमा नपर्ने व्यवस्था मिलाइनेछ।' 


प्रकाशित : शुक्रबार, साउन ११ २०८११२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend