शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

राष्ट्र बैंकले घटायो नीतिगत दर र बैंक दर

images
शुक्रबार, साउन ११ २०८१
images
images
राष्ट्र बैंकले घटायो नीतिगत दर र बैंक दर
images
images

काठमाडौं- राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएको छ।

images
images
images

सजगतापूर्वक लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिन राष्ट्र बैंकले हाल कायम रहेको नीतिगत दर ०.५ प्रतिशतले घटाउँदै ५ प्रतिशत कायम गरेको छ। 

यस्तै बैंक दरलाई राष्ट्र बैंकले घटाउँदै ६.५ प्रतिशत कायम गरेको छ भने निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखेको छ। यस्तै मौद्रिक नीतिमार्फत कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत कायम गरेको छ। 

images

गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेका छन्। विश्वका केन्द्रीय बैंकहरुले नीतिगत दरहरुलाई उच्च नै राखेका छन्।

images

कर्जा विस्तार न्यून रहेको र ब्याजदर घट्दो रहेको राष्ट्र बैंकका गभर्नरले बताएका छन्। मुद्रास्फीति दर घट्दो अवस्थामा रहेको मुलुकको बाह्य स्थिति सहज रहेको गभर्नर अधिकारीले बताएका छन्। 


प्रकाशित : शुक्रबार, साउन ११ २०८११२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend