बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी

बिहीबार , साउन १० २०८१
ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी

भागिरथी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघसंस्थामा संलग्न छिन् भने तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा रहेका सुरेन्द्रराज रेग्मी २०६५ मा नायब प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए।

काठमाडौं- ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। यस्तै स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन्। 

समितिले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा रहेका रेग्मी २०६५ मा नायब प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए।

रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट एमए (अर्थशास्त्र) तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन्।

ग्लोबल आईएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन्।

यसैगरी त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघसंस्थामा संलग्न छिन्।


प्रकाशित : बिहीबार , साउन १० २०८११५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend