बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सिटिजन्स बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्म छुट

बिहीबार , साउन १० २०८१
सिटिजन्स बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकले आफ्ना १ सय ९७ वटा शाखामार्फत करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ। 

सिटिजन्स बैंकले देशभर ६० जिल्लामा रहेका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : बिहीबार , साउन १० २०८११२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend