शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

प्रतितोला दुई हजार चारसय रूपैयाँले घट्यो सुनको मूल्य

images
बिहीबार , साउन १० २०८१
images
प्रतितोला दुई हजार चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार प्रतितोला एक हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला दुई हजार चारसय रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। बुधबार प्रतितोला एक हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला दुई हजार चारसय रूपैयाँले घटेको हो।

images
images
images

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार तीनसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

यो साता आइतबार तोलामा १३ सय रूपैयाँले घटेर सोमबार एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको थियो। बुधबार पुन: तोलामा ११ सय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ४ सय रूपैयाँ पुगेको थियो।

images
images

बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार स्थिर रहेको चाँदीको मूल्य बुधबार प्रतितोला १५ रूपैयाँले बढेर एक हजार ८ सय पाँच रूपैयाँ कायम थियो।


प्रकाशित : बिहीबार , साउन १० २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend