शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला दुई हजार चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , साउन १० २०८१
प्रतितोला दुई हजार चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार प्रतितोला एक हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला दुई हजार चारसय रूपैयाँले घटेको छ।

काठमाडौं- बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। बुधबार प्रतितोला एक हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला दुई हजार चारसय रूपैयाँले घटेको हो।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार तीनसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता आइतबार तोलामा १३ सय रूपैयाँले घटेर सोमबार एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको थियो। बुधबार पुन: तोलामा ११ सय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ४ सय रूपैयाँ पुगेको थियो।

बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार स्थिर रहेको चाँदीको मूल्य बुधबार प्रतितोला १५ रूपैयाँले बढेर एक हजार ८ सय पाँच रूपैयाँ कायम थियो।


प्रकाशित : बिहीबार , साउन १० २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend