बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

बुधबार, साउन ९ २०८१
प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

काठमाडौंको बुद्धनगरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रूपैयाँ रहेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको उद्घाटन गरिएको छ।

प्रभु बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले आज एक समारोहका बिच प्रभु स्टक मार्केटको कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्। 

कार्यक्रममा उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहजरुपमा दिने विश्वास व्यक्त गरे। उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्यमा प्रभु स्टकको प्रभावकारी सफलताको कामना गरे।

सोही कार्यक्रमका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकामा खुशी व्यक्त गरे।

प्रभु स्टकका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहजरुपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौंको बुद्धनगरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रूपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, साउन ९ २०८११६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend