बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लगातार ३२२ अंकले बढेपछि सेयर बजारमा देखियो 'करेक्सन', १६ अर्ब १६ करोडको कारोबार

बुधबार, साउन ९ २०८१
लगातार ३२२ अंकले बढेपछि सेयर बजारमा देखियो 'करेक्सन', १६ अर्ब १६ करोडको कारोबार

काठमाडौं- गएको साता सोमबार १७.१८ अंकले घटेयता लगातार ३२२.९९ अंकको वृद्धि भएपछि सेयर बजारमा 'करेक्सन' देखिएको छ। 

यो साता आइतबार ६१.६१ अंकले बढेर सेयर बजार सोमबार २.१५ अंकले बढेको थियो। मंगलबार ७५.३३ अंकले बढेर २५६३.४३ बिन्दुमा पुगेको बजार बुधबार घटेको हो। 

बुधबार २७.३२ अंकले घटेर २५३६.११ बिन्दुमा झरेको छ। ४६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १६ अर्ब १६ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य परिवर्तन भएको छैन। 

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा बजारमा लगातार वृद्धि देखिएको थियो। लगानीकर्ताले विश्वास देखाउँदा कारोबार रकमसमेत उल्लेख्य भइरहँदा बुधबार करेक्सन देखिएको हो। 

लामो समयदेखि १८०० देखि २२०० को बिन्दुबीच उतारचढावमा रहेको बजार अहिले निरन्तर अघि बढिरहेको छ। कुनै दिन करेक्सन देखिए पनि २७०० को बिन्दुसम्म बजारले उचाइतर्फकै गति लिने विश्लेषकहरूले बताइरहेका छन्। अब मौद्रिक नीतिको समेत साथ मिलेमा बजारले नयाँ उचाइ भेट्ने उनीहरूको भनाइ छ। 

सरकारले सेयर बजारमा देखिएको वृद्धिलाई उत्साहका रुपमा व्यक्त गरिरहँदा मौद्रिक नीतिले पनि साथ दिने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्। नीतिगत रुपमा साथ मिलेमा बजार पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, साउन ९ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend