काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको र ४ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ।
सी-चेक लागि पोखरा जान लागेको जहाजमा सम्पूर्ण यात्रु सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको प्रहरीले उल्लेख गरेको छ।
सौर्य एयरलाइन्सको कलसाइन 'नाइन एन-एएमई/सीआरजे२००' जहाज बुधबार बिहान ११ बजे आसपासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो।