काठमाडौं- मंगलबार स्थिर रहेको सुनचाँदीको मूल्य बुधबार पुन: उकालो लागेको छ।
आइतबार तोलामा १३ सय रूपैयाँले घटेर सोमबार एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको थियो। बुधबार पुन: तोलामा एक हजार एकसय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ४ सय रूपैयाँ पुगेको छ।
बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि बुधबार प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।
मंगलबार स्थिर रहेको चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार ८ सय पाँच रूपैयाँ कायम छ।