शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सार्वजनिक विद्यालयमा प्लेस्केपका लागि मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारी

बुधबार, साउन ९ २०८१
सार्वजनिक विद्यालयमा प्लेस्केपका लागि मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारी

मेटलाइफको सामाजिक उत्तरदायित्व योजना अन्तर्गत फाउन्डेसनसँग सहकार्य गरेको हो।

काठमाडौं- विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग साझेदारी गरेको छ। 

सुनसरीको इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्नका लागि सामझदारी भएको छ। यसबाट करिब २५० विद्यार्थीहरु लाभान्वित हुने बताइएको छ। 

प्लेस्केपले सिकाइसँग खेल मिलाउँदै, बालबालिकाहरुलाई जीवन्त र उत्साहजनक  वातावरण हुन सहयोग गर्ने विश्वास गरिन्छ। बालबालिकाहरू बीच रचनात्मकता, शारीरिक गतिविधि, र बौद्धिक विकासलाई बढावा दिने उद्देश्यका साथ क्लाइम्बिंग स्ट्रकचर, संवेदी खेल क्षेत्रहरू, र शैक्षिक खेलहरू जस्ता विभिन्न अन्तरक्रियात्मक गतिविधि समावेश हुन्छन्। 

 मेटलाइफको सामाजिक उत्तरदायित्व योजना अन्तर्गत फाउन्डेसनसँग सहकार्य गरेको हो। 

मेटलाइफले विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केप विकास गर्नको लागि ग्रामीण नेपालका पिछडिएका समुदायको समग्र उत्थानका लागि काम गर्ने संस्था कर्मयोग फाउन्डेशनलाई  ७ लाख रुपैयाँ सहयोग गरेको छ। 


प्रकाशित : बुधबार, साउन ९ २०८११०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend