बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

रोजगारी सिर्जना र व्यापार सन्तुलन हुने क्षेत्रमा आकर्षित भएनन् विदेशी लगानीकर्ता

बुधबार, साउन ९ २०८१
रोजगारी सिर्जना र व्यापार सन्तुलन हुने क्षेत्रमा आकर्षित भएनन् विदेशी लगानीकर्ता

उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा जम्मा ६ वटा ठूला  उद्योग दर्ता भएका छन्। अधिकांश साना रहेका छन्। थोरै रोजगारी सिर्जना र न्यून उत्पादन हुने यस्ता उद्योगमा विदेशी लगानी स्वीकृत भएको हो।

काठमाडौं- धेरै रोजगारी सिर्जना गर्ने तथा व्यापार सन्तुलनमा सहयोगी हुने क्षेत्रमा विदेशी लगानीकर्ताको चासो न्यून देखिएको छ।

नेपालमा दर्ता भएका उद्योग र पाएको लगानी स्वीकृतिको तथ्यांकअनुसार ऊर्जाबाहेकका अन्य ठूला परियोजनामा विदेशी लगानीकर्ताको चासो देखिएको छैन। 

उत्पादनमूलक उद्योगमा यसै पनि विदेशी लगानीकर्ताको चासो छैन तर सेवा क्षेत्रमा पनि सामान्य प्रकृतिका कम्पनी तथा फर्ममा केन्द्रित भएको देखिन्छ। 

उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा जम्मा ६ वटा ठूला  उद्योग दर्ता भएका छन्। अधिकांश साना रहेका छन्। थोरै रोजगारी सिर्जना र न्यून उत्पादन हुने यस्ता उद्योगमा विदेशी लगानी स्वीकृत भएको हो। कुल उद्योगमा ११ प्रतिशतमात्र उत्पादनमूलक रहेका छन्। 

ठूला र उत्पादनमूलक उद्योगमा विदेशी लगानीको हिस्सा विगतमा धेरै भएपनि पछिल्लो समय भने पछाडि परेको छ। उत्पादन लागत उच्च रहेको, नेपालबाट विदेश निर्यात गर्दा प्रतिस्पर्धी नहुनेलगायतका कारणले गर्दा उत्पादनमूलक उद्योगमा विदेशी लगानीकर्ताको चासो न्यून हुँदै गएको हो।

स्वदेशी खनिजमा आधारित सिमेन्टलगायतका केही मेगा परियोजना विगतमा लगानी आएपनि पछिल्लो समय अन्य क्षेत्रमा भने खासै आएको छैन। 

गत वर्षको तथ्यांक हेर्दा सबैभन्दा धेरै सेवा क्षेत्रमा विदेशी लगानीका उद्योग दर्ता भएका छन् तर यी सबै सानो स्केलका छन्। सेवा क्षेत्रमा १३३ वटा साना कम्पनी रहेका छन्।

गएको वर्ष सेवा क्षेत्रमा आएको विदेशी लगानीमा पनि कार्गोमा धेरै रहेको छ। व्यापार सहजीकरणमा सक्रिय हुने त्यस्ता कम्पनीमा विदेशीको चासो रहेको छ। निर्माण सेवा तथा अन्य केही भएपनि बहुमत कार्गोमै रहेको छ। 

कार्गोमा धेरै लगानी चिनियाँहरूको रहेको छ। न्यून रोजगारीमात्र होइन लगानी पनि धेरै नहुने यस्ता क्षेत्रमा विदेशीको आकर्षण बढेको छ।पर्यटनमा विदेशी लगानीकर्ताको चासो रहेपनि ठूला होटल तथा अन्य परियोजनाभन्दा पनि साना रेष्टुरेन्टमा धेरै आकर्षण रहेको छ।


प्रकाशित : बुधबार, साउन ९ २०८१०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend