शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एनटर्क ओनर्स ग्रुप माइलेज टेस्ट पोखरामा

मंगलबार, साउन ८ २०८१
एनटर्क ओनर्स ग्रुप माइलेज टेस्ट पोखरामा

स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्टसम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका थिए।

पोखरा- टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ।

साउन ५ गते शनिबार आयोजना भएको यस राइड टीभीएसको पोखरास्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो। उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) राइडमा भाग लिएका थिए र सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो। 

स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्टसम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका थिए। त्यस्तै ७५.३८ किलोमिटरको माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटरका राइडसहित सुमन देवकोटा तेस्रो हुन सफल भएका थिए। सबै राइडरहरूलाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाइ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। टीभीएसको पोखराको शोरुम, स्क्वायर मोटसका सञ्चालक विनोदमान श्रेष्ठले सबै सहभागीहरूलाई स्वागत गरेका थिए। 

टीभीएसकी प्रोडक्ट हेड करुना पुडासैनीले उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु र एनटर्कको माइलेज, पावर र पर्फर्मेन्सप्रति विश्वास बढाउनु रहेको बताइन्।

उक्त राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए।
 
यो अविस्मरणीय राइडले टीभीएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोशेढुंगा मात्र नभइ एनटर्क ओनर ग्रुपका राइडरहरूबीचको सद्भावलाई पनि बलियो बनाएको कम्पनीको भनाइ छ। 


प्रकाशित : मंगलबार, साउन ८ २०८११७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend