बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले २५ लाख कित्ता आईपीओ जारी गर्ने

बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

मंगलबार, साउन ८ २०८१
साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले २५ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं- साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण सेयर प्राथमिक सार्वजनिक निष्कासनमार्फत धितोपत्र निष्कासन गर्नको लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानिखोलाको पानी प्रयोगगरी ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएको थियो।  

विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद-बिक्री सम्झौतासमेत गरिसकेको छ। हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ।

धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ। 

उक्त कार्यक्रममा साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका कम्पनी सचिव दिलिप कुमार चौधरी तथा एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाको समेत उपस्थिति रहेको थियो। 


प्रकाशित : मंगलबार, साउन ८ २०८११६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend