बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई टिस्टुङ रिसोर्टमा विशेष छुट

मंगलबार, साउन ८ २०८१
प्रभु बैंकका कर्मचारी र ग्राहकलाई टिस्टुङ रिसोर्टमा विशेष छुट

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- प्रभु बैंकका कर्मचारी र ग्राहकले टिस्टुङमा रहेको टिस्टुङ रिसोर्टको सेवामा विशेष छुट पाउने भएका छन्।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन एवं प्रभु बैंकका बागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शम्शेर राणाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रभु बैंकका नेपालभर ३ सय ७ शाखा कार्यालयहरु, २ सय ८३ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : मंगलबार, साउन ८ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend