बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सोमबार व्यापक उतारचढाव देखिएको सेयर बजारमा मंगलबार पुन: उछाल, लगातार ३२२ अंकले बढ्यो

मंगलबार, साउन ८ २०८१
सोमबार व्यापक उतारचढाव देखिएको सेयर बजारमा मंगलबार पुन: उछाल, लगातार ३२२ अंकले बढ्यो

काठमाडौं- व्यापक उतारचढावबीच सोमबारको कारोबार सामान्य वृद्धि भएर बन्द भएको सेयर बजारमा मंगलबार पुन: उछाल देखिएको छ। गएको साता सोमबार १७.१८ अंकले घटेयता बजारमा ३२२.९९ अंकको वृद्धि भइसकेको छ। 

यो साता आइतबार ६१.६१ अंकले बढेर सेयर बजार सोमबार २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको थियो। 

मंगलबार ७५.३३ अंकले बढेर बजार २५६३.४३ बिन्दुमा पुगेको छ। २२० कम्पनीको सेयर मूल्य बढेको बजारमा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ। २० कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा बजारमा लगातार वृद्धि देखिएको छ। लगानीकर्ताले विश्वास देखाउँदा कारोबार रकमसमेत उल्लेख्य भइरहेको छ। 

लामो समयदेखि १८०० देखि २२०० को बिन्दुबीच उतारचढावमा रहेको बजार अहिले निरन्तर अघि बढिरहेको छ। कुनै दिन करेक्सन देखिए पनि २७०० को बिन्दुसम्म बजारले उचाइतर्फकै गति लिने विश्लेषकहरूले बताइरहेका छन्। अब मौद्रिक नीतिको समेत साथ मिलेमा बजारले नयाँ उचाइ भेट्ने उनीहरूको भनाइ छ। 

गएको साता आइतबार ५२.९७ अंकले बढेको सेयर बजार सोमबार १७.१८ अंकले घटेको थियो। बजार त्यसयता भने निरन्तर वृद्धितर्फ नै देखिएको छ। गएको साता मंगलबार ७०.१८ अंकले बढेको बजार बुधबार ५४.०४ र बिहीबार ५९.६८ अंकले बढेको थियो।   

सरकारले सेयर बजारमा देखिएको वृद्धिलाई उत्साहका रुपमा व्यक्त गरिरहँदा मौद्रिक नीतिले पनि साथ दिने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्।  

विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा रहेका लगानीकर्ताले अब अर्थमन्त्रीले चाल्ने कदमसँगै मौद्रिक नीतिले गर्ने व्यवस्थाहरू पनि नियाल्ने छन्। नीतिगत रुपमा साथ मिलेमा बजार पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, साउन ८ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend