शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बाँकेमा यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण, ६९ लाखभन्दा बढी खर्च

images
मंगलबार, साउन ८ २०८१
images
images
बाँकेमा यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण, ६९ लाखभन्दा बढी खर्च

डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीकिनारा, बगरलगायत खाली क्षेत्रको पहिचान गरी वृक्षरोपण गर्दै आएको छ।

images
images

बाँके- डिभिजन वन कार्यालय बाँकेले यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ। वृक्षरोपणअन्तर्गत विभिन्न जातका एक लाख १० हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

images
images
images

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीका अनुसार एक हेक्टर जमिनमा एक हजार छ सय बिरुवाका दरले वृक्षरोपण गरिएको हो।

कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गौरी सामुदायिक वन क्षेत्रको चार, जलहन सामुदायिक वन क्षेत्रको २२, जलनधारा सामुदायिक वन क्षेत्रको ११, भुवर भवानी सामुदायिक वन क्षेत्रको तीन दशमलव ८१ र सिद्धेश्वर सामुदायिक वनक्षेत्रको सात दशमलव ५३ गरी ४७ दशमलव ३४ हेक्टर खाली जमिनमा उक्त बिरुवा लगाइएको वन अधिकृत शाहीले जानकारी दिए।

images

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी मितेरी सामुदायिक वनको ११ हेक्टर र समय भवानी सामुदायिक वनको पाँच हेक्टर गरी १६ हेक्टर जग्गामा वृक्षरोपण गरिएको बताए।

images

उनका अनुसार वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पोखरा माता सामुदायिक वन क्षेत्रको १३ हेक्टर खाली जमिनमा तारबार गरिएको र पाँच हेक्टर जमिनमा वृक्षरोपण गरिएको छ। उक्त खाली जमिनमा खयर, असिना, मौवा, जामुन, बर्रो, बेल, विजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राज वृक्षलगायतका बिरुवा लगाइएको रोकाले बताए।

सूचना अधिकारी रोकाले ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा एक लाख १० हजार वृक्षरोपण तथा तारबार गर्न ६९ लाख ८० हजार खर्च भएको जानकारी दिए। डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनारा, बगरलगायतका खाली क्षेत्रको पहिचान गरी वृक्षरोपण गर्दै आएको छ।

आर्थिक वर्ष २०७९/८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार बिरुवा रोपिएको थियो। रासस


प्रकाशित : मंगलबार, साउन ८ २०८११४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend