आइतबार, भदौ २३ गते २०८१    
images
images

एनआइएमबि एस क्यापिटल ६ अर्बमाथिको पोर्टफोलियो व्यवस्थापन गर्दै, उच्च प्रतिफल दिने प्रतिबद्धता

images
मंगलबार, साउन ८ २०८१
images
images
एनआइएमबि एस क्यापिटल ६ अर्बमाथिको पोर्टफोलियो व्यवस्थापन गर्दै, उच्च प्रतिफल दिने प्रतिबद्धता
images
images

काठमाडौं- एनआइएमबि एस क्यापिटलको कुल लगानी पोर्टफोलियो ६ अर्ब रुपैयाँ पुगेको छ। धितोपत्र बोर्डबाट सेयर बजारमा लगानी व्यवस्थापनका लागि इजाजत प्राप्त यस संस्थाले ६ अर्बमाथिको फोर्टफोलियो पुर्‍याएको हो।

images
images
images

लगानी व्यवस्थापन सेवा (पीएमएस) मार्फत यस मर्चेन्टले आफै जोखिम लिन नचाहाने लगानीकर्ताहरूको लगानी संकलन गरेर बढी प्रतिफल प्राप्त हुने सेयर र अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गरेर उच्चतम प्रतिफल दिइरहेको छ। 

यस मर्चेन्ट बैंकको सक्षम नेतृत्वले प्रतिफल अधिकतम बनाउने लगानीसम्बन्धी रणनीति अवलम्बन गर्दै आएकोले उक्त सफलता प्राप्त भएको बताइएको छ। 
 
यस मर्जेन्ट बैंकले म्युचुअल फण्ड, प्रणालीगत लगानी योजना (एसआइपी), संस्थागत तथा लगानीसम्बन्धी सल्लाहकार, मुद्रा व्यवस्थापन, डिपोजिटरी सहभागी (डीपी), आरटीएस/आरटीए र हालसालै सुरु भएको प्राइभेट इक्विटी सेवामार्फत फोर्टफोलियो व्यवस्थापनको काम गरिरहेको छ।

लगानीमा हुने सम्भावित जोखिमलाई कम गर्दै उच्च प्रतिफल दिन सफल भएकाले एनआइएमबि क्यापिटलको ग्राहकको संख्या र फोर्टफोलियोको रकम निरन्तररुपमा बढिरहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले बताए। 

images

'लगानीसम्बन्धी उपयुक्त रणनीति, उच्च प्रतिफल प्राप्त क्षेत्रको खोजी तथा अनुसन्धान, प्रतिफलको सुनिश्चितता र लगानी व्यवस्थापनका लागि विवेकपूर्ण छनोट गरेकाले नै हामी सफल देखिएका हौँ', पाँडेले भने। 

आगामी समयमा आफ्नो सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकको संख्या बढाउने र अधिकतम प्रतिफल दिने गरी क्यापिटल अगाडि बढ्ने पाँडेले बताए। 

विभिन्न प्रकारका जोखिमप्रति अझ बढी चनाखो रहँदै बढी प्रतिफल प्राप्त गर्ने स्थिति सृजना गर्ने र पोर्टफोलियो व्यवस्थापनका सन्दर्भमा प्रयोग भइरहेको नवप्रवर्तनलाई आफूहरूले प्राथमिकतामा राखेको उनले बताए। 

बढ्दो पोर्टफोलियो थप विस्तार गर्न र ग्राहकको सेवालाई ध्यानमा राख्दै उच्चतम परिणाम दिन केन्द्रित हुने उनले बताए।


प्रकाशित : मंगलबार, साउन ८ २०८११४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend