शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनचाँदीको मूल्य स्थिर

मंगलबार, साउन ८ २०८१
सुनचाँदीको मूल्य स्थिर

आइतबार एकैदिन प्रतितोला १३ सय रूपैयाँले घटेर सोमबार एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला १३ सय रूपैयाँले घटेर सोमबार एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ६ सय रूपैयाँ कायम छ। सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

सोमबार प्रतितोला एक हजार ७ सय ९० रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, साउन ८ २०८१११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend