आइतबार, भदौ २३ गते २०८१    
images
images

व्यापक उतारचढावबीच सेयर बजार हरियालीमै, १३ अर्ब ९१ करोडको कारोबार

images
सोमबार, साउन ७ २०८१
images
images
व्यापक उतारचढावबीच सेयर बजार हरियालीमै, १३ अर्ब ९१ करोडको कारोबार
images
images

काठमाडौं- व्यापक उतारचढावबीच सेयर बजारमा आज सोमबारको कारोबार सामान्य वृद्धि भएर बन्द भएको छ। कारोबार सुरु भएदेखि नै उतारचढावपूर्ण बनेको बजार हरियालीमा टेकेरै बन्द भएको हो। 

images
images
images

सोमबार २.१५ अंकले बढेर बजार २४८८.०९ बिन्दुमा पुगेको छ। ११५ कम्पनीको सेयर मूल्य बढेको बजारमा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ। १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार ६१.६१ अंकले बढेर सेयर बजार २४८५.९४ बिन्दुमा पुगेको थियो। गएको साता २१९.६९ अंकको वृद्धि देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा आइतबार उछाल देखिएको थियो।

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा बजारमा लगातार वृद्धि देखिएको छ। लगानीकर्ताले विश्वास देखाउँदा कारोबार रकमसमेत उल्लेख्य भइरहेको छ। 

images

लामो समयदेखि १८०० देखि २२०० को बिन्दुबीच उतारचढावमा रहेको बजार अहिले निरन्तर अघि बढिरहेको छ। कुनै दिन करेक्सन देखिए पनि २७०० को बिन्दुसम्म बजारले उचाइतर्फकै गति लिने विश्लेषकहरूले बताइरहेका छन्। अब मौद्रिक नीतिको समेत साथ मिलेमा बजारले नयाँ उचाइ भेट्ने उनीहरूको भनाइ छ। 

गएको साता आइतबार ५२.९७ अंकले बढेको सेयर बजार सोमबार १७.१८ अंकले घटेको थियो। बजार त्यसयता भने निरन्तर वृद्धितर्फ नै देखिएको छ। गएको साता मंगलबार ७०.१८ अंकले बढेको बजार बुधबार ५४.०४ र बिहीबार ५९.६८ अंकले बढेको थियो।   

विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा रहेका लगानीकर्ताले अब अर्थमन्त्रीले चाल्ने कदमसँगै मौद्रिक नीतिले गर्ने व्यवस्थाहरू पनि नियाल्ने छन्। नीतिगत रुपमा साथ मिलेमा बजार पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्।

आइतबार संसदमा विश्वासका मत माग्दै सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास सेयर बजारमार्फत देखिएको बताएका थिए। सरकारले सेयर बजारमा देखिएको वृद्धिलाई उत्साहका रुपमा व्यक्त गरिरहँदा मौद्रिक नीतिले पनि साथ दिने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्।  


प्रकाशित : सोमबार, साउन ७ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend