बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

गभर्नर अधिकारीको कार्यकालको उत्तरार्धमा नयाँ नोट छपाइका लागि धमाधम टेन्डर हुँदै

नोट छपाइमा युरोपियन पाखा लागे, छिमेकी देशका कम्पनी नजिकिँदै

मंगलबार, साउन ८ २०८१
गभर्नर अधिकारीको कार्यकालको उत्तरार्धमा नयाँ नोट छपाइका लागि धमाधम टेन्डर हुँदै

पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित भएका छन्। यसअघि डा. चिरञ्जिवी नेपाल गभर्नर हुँदासम्म युरोपियन कम्पनीले नोट छपाइको टेन्डर जित्दै आएका थिए।

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम वर्ष हुँदा नयाँ नोट छपाइका लागि धमाधम टेन्डर भइरहेको छ। 

राष्ट्र बैंकले पछिल्लो समय तीनवटा अन्तष्ट्रिय टेन्डर गरेको छ। ५, १० र १०० रुपैयाँका नोट छपाइका लागि राष्ट्र बैंकले टेन्डर गरेको हो। 

राष्ट्र बैंकले ३५ करोड थान पाँच रुपैयाँका नोट छपाइका लागि अप्रिल १९, २०४ मा टेन्डर आह्वान गरेको थियो। त्यस्तै १० रुपैयाँ दरका ३४ करोड थान नोट र १०० रूपैयाँका ३० करोड थान नोट छपाइका लागि यही साता टेन्डर भएको छ। 

गभर्नर अधिकारीको हस्ताक्षरमा छापिने यी नोट छपाइका लागि टेन्डर भएको हो। आगामी चैतमा पदावधि सकिने अधिकारीले यसअघि  पनि नयाँ नोट छपाइको टेन्डर गरिसकेका थिए। ५०, २० र १००० रुपैयाँका नयाँ नोट छपाइका लागि टेन्डर भएको थियो। 

अधिकारीले आफ्नो कार्यकालमा नोटसहित सिक्काको टेन्डर पनि गरेका छन्। 

पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित भएका छन्। यसअघि डा. चिरञ्जिवी नेपाल गभर्नर हुँदासम्म युरोपियन कम्पनीले नोट छपाइको टेन्डर जित्दै आएका थिए। 

तर पछिल्लो समय भने भारतीय र चिनियाँ कम्पनीले यस्तो टेन्डर जित्दै आएका छन्। यसअघि भएको टेन्डरमा २० रुपैयाँको नोट छपाइको जिम्मा चिनियाँ कम्पनीले पाएको थियो। त्यस्तै यही महिनामात्र चिनियाँ कम्पनीले विभिन्न दरका नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको छ। 

यसअघि ५० र १००० दरका नोट छाप्ने जिम्मा भने भारतीय कम्पनीले पाएको थियो। 

यसभन्दा पहिला फ्रेन्च, बेलायत, पोलिस कम्पनीहरूले नोट छपाइ गर्दै आएका थिए। छपाइका लागि न्यून लागत प्रस्ताव गर्ने कम्पनीले पाउँछन्। प्रतिस्पर्धामा टिक्न नसकेपछि युरोपियन कम्पनीहरू पाखा लाग्दै आएका छन्। 


प्रकाशित : मंगलबार, साउन ८ २०८११०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend