बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

images
सोमबार, साउन ७ २०८१
images
images
सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

आइतबार घटेको सुनको मूल्य सोमबार सामान्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- आइतबार एकैदिन प्रतितोला एक हजार तीनसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने सामान्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले वृद्धि भएको हो।

images
images
images

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार तीनसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ६ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

आइतबार सुन प्रतितोला एक लाख ४६ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

images
images
images

चाँदीको मूल्य भने आज प्रतितोला २० रूपैयाँले घटेको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, साउन ७ २०८१११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend