शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

सोमबार, साउन ७ २०८१
सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

आइतबार घटेको सुनको मूल्य सोमबार सामान्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँले घटेको छ।

काठमाडौं- आइतबार एकैदिन प्रतितोला एक हजार तीनसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने सामान्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले वृद्धि भएको हो।

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार तीनसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ६ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन प्रतितोला एक लाख ४६ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला २० रूपैयाँले घटेको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, साउन ७ २०८१११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend