बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एनएमबी बैंकको ८.९२ प्रतिशतदेखि सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

आइतबार, साउन ६ २०८१
एनएमबी बैंकको ८.९२ प्रतिशतदेखि सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

एनएमबी बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

काठमाडौं- एनएमबी बैंकले 'एनएमबी होम लोन'मा मात्र ८.९२ प्रतिशत बाट सुरु हुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको जनाएको छ।

एनएमबी होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतारचढावबाट फाइदा लिन सक्नेछन्।

बैंकले भनेको छ, 'घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुंगा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ।'

एनएमबी बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : आइतबार, साउन ६ २०८११८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend